लोकसेवा आयोगले नायब सुब्बा तथा सो सरहका पदका लागि ४१२ कर्मचारीको दरखास्त खुलाएको छ ।
आयोगले धनकुटा कार्यालयका लागि विभिन्न पदमा ४७ जना, जलेश्वर कार्यालयका लागि ४९ जना, काठमाण्डौं कार्यालयका लागि १५१ जना, पोखरा कार्यालयका लागि ५२ जना, बुटवल कार्यालयका लागि ५३ जना, सुर्खेत कार्यालयका लागि २३ जना र दिपायल कार्यालयका लागि ३७ जना गरी जम्मा ४१२ जनाको दरखास्त आह्वान गरेको हो ।
परीक्षा केन्द्र केन्द्रीय कार्यालय बाहेक आयोगका सबै कार्यालयहरुमा तोकिने आयोगले जनाएको छ ।
दरखास्त दिने अन्तिम मिति माघ २० गतेसम्म रहेको छ । दोब्बर दस्तुर तिरेर माघ २७ गतेसम्म दरखास्त दिन सकिने आयोगले जनाएको छ ।
योग्यता पुगेका १८ वर्ष उमेर पूरा भइ ३५ वर्ष ननाघेको र महिला तथा अपाङ्ग उम्मेदवारहरुको हकमा ४० वर्ष ननाघेको नेपाली नागरिकले आवेदन दिन सक्ने आयोगले जनाएको छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया