पेट्रोलियम व्यवसायीले तत्कालका लागि आन्दोनलको कार्यक्रम स्थगित गरेका छन् । 
कमिसन वृद्धिका लागि सरोकारवाला निकायसँग छलफल भैरहेको भन्दै एसोसिएसनले बिहीवार एक विज्ञप्ति प्रकाशित गरी थप मूल्य लिने कार्यक्रम स्थगित गरेको जनाएको छ ।
नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनले माघ १ गतेबाट डिजेल र पेट्रोलको बिक्री मूल्य लिटरमा ५० पैसा थप गरेर बिक्री गर्ने घोषणा गरेको थियो ।
एसोसिएसनले पेट्रोल, डिजेल बिक्री गर्दाको कमिसन बढाउनुपर्ने माग राख्दै आएका छ । अहिलेसम्म निगम पम्प सञ्चालकलाई पेट्रोलमा ३ प्रतिशत र डिजेलमा २.६५ प्रतिशत कमिसन दिँदै आएको छ ।
व्यवसायीले डिजेलमा ४ प्रतिशत र पेट्रोलमा ४.५ प्रतिशत कमिसन बढाउन माग गरेका छन् । कमिसन चार वर्षदेखि नबढाउँदा व्यवसाय सञ्चालन गर्न कठिन भएको व्यवसायीको गुनासो छ ।
मुलुकभर करिब १५ सय पम्प रहेका छन् । सञ्चालनमा रहेका पम्प मध्ये ३५ प्रतिशत पम्प मात्रै नाफामा रहेको व्यवसायी बताउँछन् । मुलुकभरका पेट्रोलपम्पले दैनिक १५ लाख लिटर पेट्रोल र ४८ लाख लिटर डिजेल खपत हुन्छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया