सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको मूल्य स्थिर

0
Shares

नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन आइतबारको तुलनामा प्रतितोला २ सय रुपैयाँले घटेको हो ।

महासंघका अनुसार सोमबार छापावाला सुनको मूल्य तोलाको ९१ हजार ६ सय रुपैयाँ र तेजावी ९१ हजार १ सय रुपैयाँ तोकिएको छ । भने चाँदीको मूल्य सोमबार स्थिर रहेको छ ।

आइतबार छापावाला सुन प्रतितोला ९१ हाजार ८ सय रुपैयाँ, तेजावी ९१ हजार ३ सय रुपैयाँ र चाँदी १ हजार २३० रुपैयाँमा कारोबार भएको थियो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ५ माघ २०७७, सोमबार  ११ : २० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।