सिटी एक्सप्रेस फाइनान्स नेपाल इन्भेष्टमेन्ट बैंक (NIB) मा विलिन भएको छ ।
इन्भेष्टेमन्ट बैंकले फाइनान्सलाई एक्वायर गरेपछि फाइनान्सको अस्तित्व सकिएको हो ।
सिटि एक्सप्रेसलाई गाँभेको बैंकले इन्भेष्टमेन्ट बैंकको नामबाट यहि माघ ११ गते आइतबारबाट संयुक्त कारोबार आरम्भ गर्ने भएको छ ।
नेपाल इन्भेष्टमेन्ट बैंकले सिटी एक्सप्रेस फाइनान्स लिमिटेडलाई १०० कित्ता शेयर बराबर ३० कित्ता शेयर प्रदान गर्ने (१००ः३०) शेयर स्वाप अनुपातमा खरिद गरेको हो।
केन्द्रीय बैंकको गत मंसिरमा ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३’ बमोजिम मर्जर प्रक्रिया सम्पन्न गर्न अन्तिम स्वीकृति प्रदान गरेको हो।
दुवै संस्थाको गत असोज २८ गते, बुधबार सम्पन्न विशेष साधारण सभाबाट एक आपसमा गाभ्ने।गाभिने प्रस्ताव पारित गरेका थिए ।
सिटी एक्सप्रेस फाइनान्सलाई गाभेपछि इन्भेष्टमेन्ट बैंकको चुक्ता पूँजी १४ अर्ब ३७ करोड रुपैयाँ पुग्नेछ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।










प्रतिक्रिया