एटिएम चोरी गर्न लागेको अवस्थामा एक युवा पक्राउ एक फरार

0
Shares

एटिएम फोडी चोरी गर्न लागेको अवस्थामा २८ वर्षीय एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वैतडी महादेवस्थान गाउँपालिका ५ घर भएका कमल बहादुर धानुक रहेको प्रहरीले जनाएको छ ।

धानुकलाई नागार्जुन नगरपालिका २ ठुलोभ¥याङ्गस्थित एनआइसी एसिया वैंकको एटिएम फोडी चोरी गर्न लागेको अवस्थामा पक्राउ गरिएको हो ।
उक्त कार्यमा संलग्न उनकै साथी फरार रहेका छन् ।

काठमाडौं महानगरपालिका १६ माछापोखरी बस्दै आएका धानुकलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ५ माघ २०७७, सोमबार  १३ : ५६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।