नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा ४ सय रुपैयाँ र चाँदी १५ रुपैयाँले बढेको हो ।
महासंघका अनुसार मंगलबार छापावाला सुन प्रतितोला ९२ हजार रुपैयाँ, तेजावी ९१ हजार ५ सय रुपैयाँ र चाँदी तोलाको १ हजार २४५ रुपैयाँ तोकिएको छ ।
सोमबार छापावाला सुन तोलाको ९१ हजार ६ सय रुपैयाँ, तेजावी ९१ हजार १ सय र चाँदी १ हजार २३० रुपैयाँमा कारोबार भएको थियो ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया