नेपाल फाइनान्सको लिलामी शेयर बाँडफाँड, मंगलबारदेखि रकम फिर्ता

0
Shares

नेपाल फाइनान्स (NFS) ले हकप्रदमा अवितरित भई पुस १७ गतेदेखि पुस २४ गतेसम्म लिलामी बिक्रीमा ल्याएको शेयर बाँडफाँड गरेको छ ।

लिलाम बिक्रीमा राखेको फाइनान्सको २ लाख ५५ हजार ७८ कित्ता संस्थापक शेयर र २ लाख ६० हजार १६९ कित्ता सर्वसाधारण शेयरको पुस २८ गते शिलबन्दी बोलपत्र खुला गरी फाइनान्स सञ्चालक समितिले बाँडफाँड गरेको हो ।

शेयर बाँडफाँडसँगै बाँडफाँडमा नपरेको शेयर वापतको रकम माघ ६ गते मंगलबार बैंक खातामा जम्मा गरिने बिक्री प्रबन्धक प्रभु क्यापिटललले जनाएको छ ।

आवेदकहरुले लिलामी फारममा उल्लेख गरेको बैंक खातामा नै क्लियरिङ्ग हाउसको आईपीएस मार्फत जम्मा गरिने फाइनान्सले जनाएको छ ।

उक्त लिलामी शेयरको सर्वसाधारण शेयरतर्फ १६२ रुपैयाँ र संस्थापक शेयरतफ १०१ रुपैयाँ कटअफ कायम भएको थियो ।

चुक्ता पूँजी वृद्धि गर्न फाइनान्सले कार्तिक ६ देखि मंसिर २४ गतेसम्म चुक्ता पूँजीको १२५ प्रतिशत हकप्रद जारी गरेको थियो । सो हकप्रदमा अवितरित शेयर लिलामी मार्फत बिक्री गरेको हो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ६ माघ २०७७, मंगलबार  १२ : ३५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।