शेयर बजार परिसूचक नेप्सेमा मंगलबार सामान्य गिरावट आएको छ । लगातार आठदिनसम्म बढेको बजारमा नाफा बुकिङ्गले बिक्री चाप पर्दा सूचकमा दवाब परेको हो ।
पछिल्लो चरणमा लगातार आठ दिन बढेको नेप्से सूचक हालसम्मकै उच्च विन्दुमा पुगेको थियो । तर मंगलबारको बजारमा भने नेप्से सूचकमा करेक्शन आएको छ । बजारमा करेक्शन आएपनि कारोबार रकमले भने साथ दिएको छ ।
मंगलबार नेप्से सूचक ५.५७ अंकले घटेर २३२६.९० अंकमा झरेको छ । यसदिन २०६ कम्पनीका १ करोड ६३ लाख कित्ता शेयर ५७ ह्जार ९८० पटकको खरीद बिक्रीबाट कारोबार रकम ७ अर्ब ४६ करोड ७४ लाख ३९ हजार रुपैयाँ नाघेको छ । कारोबार रकम एक अर्ब १५ करोडले सुधार भएको हो । सोमबार ६ अर्ब ३१ करोड ४६ लाख बराबरको कारोबार भएको थियो।
आज कारोबारमा आएका १२ उपसमुहका सूचकमध्ये ब्यापार, वित्त र जीवन बीमा समूह बाहेकका सबै सूचक ओरालो लागेका छन् । यसदिन फाइनान्स कम्पनी र जीवन बीमा कम्पनीका शेयरमूल्य धेरै बढेका छन् ।
मंगलबारको बजारमा प्रोगेशिभ, नेपाल, गुडबील फाइनान्सको शेयरमूल्य दश प्रतिशतकादरले बढेको छ । कर्पोरेट डेभलपमेन्ट, नारायणी डेभलपमेन्ट, जानकी फाइनान्स, प्रभु इन्स्योरेन्स तथा नेपाल लाइफको शेयर मूल्य पनि नौ प्रतिशत बढीले उकालो लागेको छ । यसदिन सबैभन्दा धेरै सर्पोट माइक्रोफाइनान्सको शेयरमूल्य घटेको छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया