कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड (CORBL) ले ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता हकप्रद शेयर जारी गर्ने भएको छ ।
नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्ता पूँजी कायम गर्न समस्याग्रस्त संस्थाबाट मुक्ता भएको यस बैंकले चुक्ता पूँजीको १ः१.५ अनुपात अर्थात १५० प्रतिशत हकप्रद निष्काशन गर्न पूँजीबजारको नियामक निकाय धितोपत्र बोर्डसँग अनुमति माग गरेको छ ।
बैंकले हकप्रद निष्काशन गर्नका लागि पुस २६ गते निवेदन दिएको बोर्डले जनाएको छ । हकप्रद निष्काशनका लागि सिभिल क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक चयन गरेको छ ।
बैंकको केन्द्रीय कार्यालय पर्साको वीरगञ्जमा रहेको छ ।
- हकप्रदको नाममा शेयर बजारमा चलखेल
समस्याग्रस्थ संस्थाबाट मुक्त भएको कर्पोरेट डेभलपमेन्ट बैंकको वित्तीय अवस्था त्यति राम्रो नभएपनि बैंकको हकप्रद आउने हल्ला फैलाएर शेयर बजारमा खुलेआम चलखेल सुरु भएको छ ।
बैंकको शेयरमूल्यमा विगत ७ करोबार दिनयता सकारात्मक सर्किट लाग्दै आएको छ । पुस २२ र २३ गते दुबै दिन पाँच प्रतिशतले शेयरमूल्य बढेर २३४ मा अन्तिम कारोबार भएको बैंकको शेयरमूल्य त्यस यताको ७ कारोबार दिनमा ९३ प्रतिशत अर्थात २१९ रुपैयाँ बढेर प्रतिकित्ता ४५३ रुपैयाँ पुगेको छ । मंगलबार पनि बैंकको शेयरमूल्य ९.९५ प्रतिशत अर्थात ४१ रुपैयाँले बढेको हो । सीमित व्यक्तिहरुसँग मात्रै शेयर रहेकाले यो बैंकको शेयरमा कर्नरिङ्ग गर्ने क्रम बढेको हो ।
चालु आर्थिक वर्षको पहिलो त्रैमास अनुसार बैंकको खुद नाफा ५६ लाख ७५ हजार रुपैयाँ रहेको छ भनेृ बैंकको शेयरधनी कोष रुपैयाँले ऋणात्मक छ ।
बैंकको हाल चुक्ता पूँजी (संस्थापकहरुबाट कल इन एभडान्स्डबाट संकलित २१ करोड सहित) ४१ करोड रुपैयाँ रहेको छ । हकप्रद जारीपश्चात बैंकको चुक्ता पूँजी ५० करोड रुपैयाँ रुपैयाँ पुग्नेछ । प्रादेशिक स्तरको बैंकलाई राष्ट्र बैंकले न्यूनतम चुक्ता पूँजी ५० करोड तोकेको छ ।
बैंकले चुक्ता पूँजी २० करोडको १५० प्रतिथशत हकप्रद जारी गर्न लागेको हो । जसमध्ये संस्थापक शेयरधनीको तर्फबाट १४ करोडको १५० प्रतिशतले हुन आउने २१ करोड पूँजी कल इन एडभान्स्ड मार्फत संकलन भैसकेको बैंकले जनाएको छ ।
नेपाल राष्ट्र बैंकको व्यवस्था अनुसार बैंकको प्रदेश नम्बर २ अर्थात प्रादेशिक रुपमा कार्यक्षेत्र रहने छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया