कृषि बजारमा नक्कली समिति खडा गरी १४ लाख बढी भ्रष्ट्राचार

0
Shares

अख्तियार दुरुपयोग अनुसन्धान आयागले नक्कली बजार समिति खडा गरेर १४ लाख बढी भ्रष्ट्राचार गरेको अभियोगमा ४ जना उपर आरोप पत्र दायर गरेको छ।

आयोगले काभ्रेपलान्चोकको पाँचखाल कृषि उपज बजार सञ्चालक समितिका अध्यक्ष दिल बहादुर श्रेष्ठ, कोषाध्यक्ष दिनेश अधिकारी, लेखापरीक्षक एच.के. अधिकारी र एसोसियट्सका सञ्चालक केशव अधिकारी विरुद्ध १४ लाख बढी भ्रष्ट्राचार गरेको आरोप पत्र दायर गरेको हो।

पाँचखाल नगरपालिका वडा नं. ४ तामाघाटस्थित मसला बाली बिकास केन्द्रको स्वामित्वमा रहेको करिब ७ रोपनी जमिनमा बजार विकास निर्देशनालय हरिहरभवन, ललितपुरले कृषि उपज बजार सञ्चालन गर्न उपलब्ध गराएको थियो।

बर्षौदेखि नक्कली बजार सञ्चालक समिति खडा गरेर भाडा उठाई सरकारी सम्पत्तिको हिनामिना गर्ने र व्यक्तिगत फाइदा लिने कार्य गरेको उजुरीका आधारमा आयोगले छानविन गरेको हो।

श्रेष्ठले स्टलहरु निर्माण गर्दा लागेको खर्च एवं भाडावापत प्राप्त आय समेतको विवरण पारदर्शी ढंगले नराखेर आफूखुशी कोषाध्यक्षको मिलेमतोमा समितिको खातामा १४ लाख ४४ हजार १९९ रुपैंया मध्ये १४ लाख ३८ हजार ५ सय रुपैयाँ आफैंले हिनामिना गरी लेखापरीक्ष समेत गराएको र एच.के. अधिकारी एण्ड एसोसियट्सका सञ्चालक केशव अधिकारीले समेत हिनामिना भएको रकमलाई बैधता दिने गरी लेखापरीक्षण प्रतिवेदन दिएको अख्तियारको अनुसन्धानले देखिएको छ ।

आयोगले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १७ बमोजिम सजाय तथा निजहरुबाट विगो असुलउपर हुन मागदाबीलिइ आरोपपत्र दायर गरेको हो।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ६ माघ २०७७, मंगलबार  १७ : २४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।