मालपोतका सुब्बा र लेखापढी व्यवसायी ४० हजार घुस सहित रंगेहात पक्राउ

0
Shares

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४० हजार घुस सहित मालपोतका नायब सुब्बा सहित २ जनालाई नियन्त्रणमा लिएको छ ।

आयोगले भूमिसुधार तथा मालपोत कार्यालय लगनखेल ललितपुरमा कार्यरत नायब सुब्बा मन्दिप कुमार श्रेष्ठ र लेखापढी व्यवसायको काम गर्ने रमेशलाल श्रेष्ठ लाई ४० हजार घुस सहित रंगेहात नियन्त्रणमा लिएको हो ।

सेवाग्राहीको जग्गा हालसाविकको क्रममा ट्रायल चेक गर्दा नक्सा अनुसार क्षेत्रफल बढी भएको भनी सो मिलाउनको लागि अतिरिक्त रकम माग गरिरहेको भन्ने सूचनाका आधार आयोगको टंगालबाट खटिई गएको टोलीले नियन्त्रणमा लिएको आयोगले जनाएको छ ।

आयोगका अनुसार घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ७ माघ २०७७, बुधबार  ११ : २५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।