कुमारी बैंकको करिब ६१ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

0
Shares

कुमारी बैंकले ६० हजार ९६२ कित्ता संस्थापक शेयरको बिक्री खुला गरेको छ । बैंकले विभिन्न व्यक्तिहरुको नाममा रहेको शेयर बिक्री गर्ने भएको हो ।

उक्त शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले माघ ८ गतेदेखि फागुन १२ गते भित्र बैंकको रजिष्टर्ड कार्यालय काठमाण्डौ २ टंगाल आइपुग्नेगरी आवेदन दिनुपर्ने बैंकले जनाएको छ ।

बिक्री प्रबन्धक कुमारी क्यापिटलका अनुसार शेयरको मूल्य बिक्रेताले तोके बमोजिम हुने छ ।

बैंकले प्रकाशित गरेको एक सूचना अनुसार, फागुन १२ गतेसम्म विद्यमान संस्थापक शेयरधनीबाट आवेदन नआएमा संस्थापक शेयरधनीभन्दा  बाहिरका सर्वसाधारण शेयर लगानीकर्तालाई शेयर बिक्री गरिने उल्लेख गरेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ८ माघ २०७७, बिहिबार  १४ : ०३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।