अपि पावरको खुद नाफा १४ करोड माथि, एक वर्षमा १० करोडले बढ्यो

0
Shares

अपि पावर कम्पनी (API) को खुद नाफामा उच्च सुधार देखिएको छ । गत आर्थिक वर्षको ६ महिनाको तुलनामा चालु आवको यसैअवधिमा विद्युत बिक्री आम्दानी उल्लेख्य बढेसँगै खुद नाफामा आकर्षक सुधार देखिएको हो ।

कम्पनीले पुस मसान्तसम्ममा १४ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको छ जबकी गत आवको यसै अवधिमा कम्पनीले ४ करोड १४ लाख रुपैयाँमात्र खुद नाफा कमाएको थियो । समीक्षा अवधिको एक वर्षमा कम्पनीको नाफा १० करोड १७ लाख रुपैयाँले बढेको हो ।

चुक्ता पूँजी १ अर्ब ९२ करोड ९७ लाख ५६ हजार रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीकोे प्रतिशेयर आम्दानी ६.९६ रुपैयाँबाट ७ रुपैयाँ ८८ पैसा बढेर १४.८४ रुपैयाँ पुगेको छ । जगेडा कोषमा २९ करोड ७० लाख रुपैयाँ सञ्चित रहेको यस कम्पनीको कम्पनीको प्रतिशेयर नेटवर्थ ११५.३९ रुपैयाँ र मूल्य आम्दानी अनुपात १७.८५ गुणा छ ।

पुस मसान्तसम्ममा अपिले विद्युत बिक्रीबाट २४ करोड १९ लाख रुपैयाँ आम्दानी गरेको छ । गत आवको यसै अवधिमा यस्तो आम्दानी १३ करोड ५० लाख रुपैयाँ थियो । कम्पनीले अन्य श्रोतबाट समेत हुने आय समेत ६ करोड १७ लाख रुपैयाँ पुर्याएको छ । गत आर्थिक वर्षको यसै अवधिमा अन्य स्रोतबाट १४ लाख ५ हजार रुपैयाँ मात्र आम्दानी गरेको थियो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १३ माघ २०७७, मंगलबार  ०९ : ५२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।