केन्द्रीय तथ्याङ्क विभागले ४७ हजार कर्मचारी माग गरेको छ ।
विभागले राष्ट्रिय जनगणना कार्यक्रम अन्तर्गत राष्ट्रिय जनगणना, २०७८ मा तथ्यांक संकलन तथा सुपरीवेक्षण गर्ने कार्यका लागि कर्मचारी माग गरेको हो ।
विभागका अनुसार सुपरीवेक्षक ८ हजार जना र गणक ३९ हजार माग गरिएको हो ।
इच्छुक योग्यता पुगेका १८ वर्ष पूरा भई ४० वर्ष (महिलाको हकमा ४५ वर्ष ) ननाघेका नेपाली नगरिकले चैत्र ११ गते बुधबारसम्म दरखास्त आवेदन दिइ सक्नुपर्ने विभागले जनाएको छ ।
विभागले सुपरीवेक्षणका लागि २ महिना र तथ्यांक संकलनका लागी एक महिनाका लागि करार सेवामा कर्मचारी माग गरेका हो ।
शैक्षिक योग्यताको हकमा सुपरिवेक्षक पदका लागि स्नातक तह उत्तीण गरेको हनुपर्नेछ भने गणकले दश जोड दुई वा प्रमाणपत्र तह उत्तीर्ण गरेको हुनुपर्नेछ ।
विभागका अनुसार स्थानीय भाषा बोल्न, बुझ्न र अरुलाई बुझाउन सक्ने, विभागबाट सञ्चालित कुनै पनि कार्यमा अनुभव हाँसिल गरेको वा तथ्यांक, जनसंख्या विषय लिई स्नातकोतर अध्यनरत वा उतिर्ण गरेको व्यक्तिलाई विशेष प्राथामिकता दिइने छ ।
विभागले सुपरीवेक्षणका लागि मासिक २८ हजार २०० रुपैयाँ र गणकका लागि २६ हजार ६१० रुपैयाँ तलब तोकेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया