फरवार्ड माइक्रोफाइनान्स लघुवित्त (FOWAD) ले फागुन २१ गते आठौं वार्षिक साधारण सभा आह्वान गरेको छ । लघुवित्तको माघ २५ गते बसेको सञ्चालक समितिको बैठकले फागुन २१ गते शुक्रबार बिहान ११ बजे सभा डाकेको हो ।
सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने प्रस्ताव गरेको २५ प्रतिशत बोनस र ६.५८ प्रतिशत नगद गरी कुल ३१.५८ प्रतिशत लाभांश वितरण गर्ने लगायतका अन्य प्रस्तावहरु प्रस्ताव अनुमोदन गर्नेछ ।
साधारण सभा प्रयाजनका लागि लघुवित्तले फागुन ५ गते बुक क्लोज मिति तोकेको छ । तसर्थ फागुन ४ गते मंगलबारसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले मात्र सभामा सहभागी जनाउन र लाभांश पाउनेछन् ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।










प्रतिक्रिया