टिएमएसमा प्राविधिक समस्या आउँदा शेयर कारोबार ठप्प, केही बेरमा नै सुचारु हुने

0
Shares

ट्रेड म्यानेजमेन्ट सिस्टम (टिएमएस) मा प्राविधक समस्या आएपछि मंगलबार शेयर कारोबार ठप्प भएको छ । डिएनए लगइन हुन नसक्दा मध्यान्न सबा १२ बजेदेखि शेयर कारोबार हुन नसकेको हो ।

ट्रेड म्यनेजमेन्ट सिस्टमको प्रवाधिक कार्य हेरिरहेको वाइको प्रालीले ट्रेड म्यानेजमेन्ट सिस्टम र नेप्सेको म्याचिङ्ग इन्जिनबीच सम्पर्क स्थापित हुन नसक्दा शेयर कारोबार अवरुद्ध भएको जानकारी दिएको छ ।

वाइको प्रालीले समस्याको पहिचान भैसकेको जानकारी दिँदै केही समयभित्र नियमित शेयर कारोबार सुचारु हुने नोटबजारलाई जानकारी दिएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २७ माघ २०७७, मंगलबार  १३ : ०५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।