नेप्से २९ अंकले घट्दा कारोबारमा पनि उच्च गिरावट

0
Shares

दैनिक एकपछि अर्को रेकर्ड तोड्दै नयाँ-नयाँ रेकर्ड कायम गर्दै आएको नेप्से चौथौं कारोबार दिनमा आएर घटेको छ । यसबीचमा माघ २१ गते बुधबार ६ अंकले घटेपछि ९४ अंकले बढेको बजारमा मंगलबार २९.०१ अंकको गिरावट हुँदै नेप्से २५३२.४६ बिन्दुमा बन्द भएको हो ।

मंगलबार कारोबारको सुरवातदेखि नै उच्च बिक्रीचाप झेलेको नेप्सेले २ः३५ मा २५२४.४४ बिन्दुसम्म झरेको थियो । अल्पकालीन लगानीकर्ताहरुको उच्च बिक्रीचापले बजार सूचकमा मंगलबार उच्च  अंकको गिरावट आएको हो । तर दीर्घकालीन लगानीकर्ताले घट्दो बजारमा शेयर बिक्री गर्न नचाहेका कारण कारोबार घटेको हो । दीर्घकालीन लगानीकर्ताले शेयर होल्ड गरेका कारण बुधबार शेयर बजारमा बाउन्स ब्याक हुने एक लगानीकर्ताले बताए ।

मंगलबार टिएमएस र नेप्सेको म्याचिङ्ग इन्जिनबीच सम्पर्क स्थापित हुँदा आधा घण्टा बढी शेयर कारोबार ठप्प भएपछि नेप्सेले ३ बजेपछि ३५ मिनेट शेयर कारोबार समय थप गरेको थियो ।

आज १९४ कम्पनीका १ करोड ५९ लाख ८५ हजार १९८ कित्ता शेयर ७१ हजार ११२ पटक  खरीद बिक्री हुादा कारोबार रकम ८ अर्ब १४ करोड ६२ लाख ६९ हजार १९३ रुपैयाँ पुगेको छ । यो रकम सोमबारको तुलनामा २ अर्ब ४७ करोड रुपैयाँ कम हो ।

नेप्से सूचक हालसम्मकै उच्च २५६१.४१ विन्दुमा उक्लिदा सोमबार १० अर्ब ६१ करोड बढीको शेयर किनबेच भएको थियो । नेप्सेमा सोमबार ९२ हजार ७९ कारोबारबाट २ करोड ११ हजार ५५५ कित्ता शेयर किनबेच भएका थिए ।

मंगलबार वित्त र विकास बैंक बाहेक कारोबारमा आएका सबै दश उपसमुहका सूचक ऋणात्मक भएका छन् । माइक्रोफाइनान्सको सूचक सबैभन्दा धेरै २.७८ प्रतिशतले घटेको बजारमा निर्जीबन बीमा, उत्पादन, अन्य, ब्यापार, होटल जलविद्युत, जीवन बीमा पनि एक प्रतिशतभन्दा बढी बिन्दुले घटेको हो ।

  • ग्रामीण विकास लघुवित्तको उच्च कारोबार

मंगलबार ग्रामीण विकास लघुवित्तको सर्वाधिक कारोबार भएको छ । लघुवित्तको २८ करोड २३ लाख रुपैयाँ र प्रभु बैंकको २४ करोड ५२ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

यसैगरी ग्लोबल आइएमई बैंक, डिप्रोक्स लघुवित्त, नेपाल लाइफ, हिमालयन डिष्टिलरी, नबिल बैंक, पुनर्बीमा कम्पनी, नेपाल टेलिकम र एनआईसी एशिया बैंक शीर्ष कारोबार हुने दश कम्पनीभित्र समेटिएका छन् । दशौं ठूलो कारोबार भएको एनआईसी एशिया बैंकको १५ करोड ४७ लाख बढीको शेयर खरीद बिक्री भएको छ ।

Symbol Turnover Closing Price
As of 2021-02-09 15:00:00
GBLBS 282,385,541.00 1,120.00
PRVU 245,261,362.00 472.00
GBIME 192,800,671.00 417.00
DDBL 181,741,073.00 2,253.00
NLIC 171,603,271.00 2,370.00
HDL 171,331,144.00 4,672.00
NABIL 156,019,989.00 1,163.00
NRIC 155,298,689.00 1,578.00
NTC 155,090,174.00 1,411.00
NICA 154,789,859.00 885.00
  • चार कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट

मंगलबारको ऋणात्मक बजारमा पनि ४ कम्पनीको शेयरमा लगानी गरेका लगानीकर्ताहरु मालामाल भएका छन् । आजको बजारबाट गुडविल फाइनान्स, श्री इन्भेन्टमेन्ट फाइनान्स, समृद्धि फाइनान्स, र लुम्बिनी विकास बैंकको संस्थापक शेयरको मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

प्रभु बैंकको संस्थापक, कालिका पावर, नेपाल ल्यूब आयल, आँखुखोला हाइड्रोपावर, कामना सेवा विकास बैंक, र ग्रामीण विकास लघुवित्तको पनि शेयरमूल्य बढेको छ ।

Symbol LTP Point Change % Change
As of 2021-02-09 15:00:00
GFCL 288.00 26.00 9.92
SIFC 250.00 22.00 9.65
SFCL 184.00 16.00 9.52
LBBLPO 118.00 10.00 9.26
PRVUPO 198.00 12.00 6.45
KPCL 273.00 13.00 5.00
NLO 274.00 13.00 4.98
AKJCL 143.00 6.00 4.38
KSBBL 322.00 13.00 4.21
GBLBS 1,120.00 34.00 3.13
  • यस्ता छन् गुमाउने कम्पनी

मंगलबारको बजारमा सपोर्ट माइक्रोफाइनान्स र निर्धन उत्थान लघुवित्तको शेयरमूल्य उच्च रुपमा घटेको छ । सपोर्ट माइक्रोफाइनान्स र निर्धन उत्थान लघुवित्त र माउन्टेन इनर्जी नेपालको शेयरमूल्य ५ प्रतिशत धेरैले घटेको छ ।  चालु आवको ६ महिना अवधिमा खुद नाफामा गिरावट आएपछि निर्धन उत्थानको शेयरमूल्यमा त्यसको असर देखिएको हो ।

यसैगरी गुराँस लघुवित्त, छ्याङ्दी हाइड्रोपावर, नेरुडे लघुवित्त, ग्लोबल आइएमई लघुवित्त, साधना लघुवित्त, घलेम्दी हाइड्रोपावर र रिडी हाइड्रोपावरको शेयरमूल्य घटेको छ ।

Symbol LTP Point Change % Change
As of 2021-02-09 15:00:00
SMB 2,397.00 -148.00 -5.82
NUBL 1,539.00 -95.00 -5.81
MEN 640.00 -35.00 -5.19
GLBSL 1,535.00 -80.00 -4.95
CHL 199.00 -10.00 -4.78
NLBBL 1,375.00 -69.00 -4.78
GILB 1,973.00 -97.00 -4.69
SDLBSL 1,480.00 -69.00 -4.45
GHL 134.00 -6.00 -4.29
RHPC 180.00 -8.00 -4.26

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २७ माघ २०७७, मंगलबार  १६ : ०९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।