नेशनल माइक्रोफाइनान्सको खुद नाफा साढे १३ करोड, जगेडा कोष झनै मजबुत

0
Shares

नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था (NMFBS) को खुद नाफामा आकर्षक सुधार आएको छ । पुस मसान्तसम्ममा लघुवित्तको नाफा १३ करोड ४१ लाख रुपैयाँ पुगेको छ ।

गत आवको यसै अवधिमा ९ करोड २५ लाख रुपैयाँ नाफा आर्जन गरेको लघुवित्तको नाफामा ४४.९७ प्रतिशतको आकर्षक सुधार आएको हो । यस्तै कम्पनीके जगेडा कोषको आकार पनि ५३.३७ प्रतिशतले बढेर ३४ करोड ९३ लाख रुपैयाँ कायम भएको छ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा लघुवित्तले १ अर्ब ८४ करोड ३७ लाख रुपैयाँ निक्षेप संकलन तथा ४ अर्ब ८ करोड रुपैयाँ सापटी लिई ६ अर्ब ३८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत आवको यसै अवधिको तुलनामा लघुवित्तको निक्षेप २४ प्रतिशत तथा कर्जा लगानी ६२ प्रतिशतले बढोत्तरी भएको हो ।

बिहीबार सार्वजनिक भएको वित्तीय विवरण अनुसार चु्क्ता पूँजी २६ करोड ४० लाख रुपैयाँ रहेको संस्थाको वार्षिक प्रतिशेयर आम्दानी १०१.६२ रुपैयाँ पुगेको छ । लघुवित्तको प्रतिशेयर नेटवर्थ २३०.७८ रुपैयाँ र मूल्य आम्दानी अनुपात २३.६७ गुणा छ ।

समीक्षा अवधिमा लघुवित्तत्तको २५ करोड ७८ लाख रुपैयाँ खुद ब्याज आम्दानी र २१ करोड २९ लाख रुपैयाँ सञ्चालन नाफा गरेको छ । गत आवको यही अवधिको तुलनामा खुद ब्याज आम्दानी ३७ प्रतिशत र सञ्चालन नाफा ४५ प्रतिशतले बढेको हो ।

दोस्रो त्रैमाससम्म संस्थाको खराब कर्जा अनुपात १.७६ बाट बढेर २.३३ प्रतिशत पुगेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २९ माघ २०७७, बिहिबार  ०९ : ५४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।