यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्ममा ३ अर्ब २० करोड ७४ लाख ६५ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ ।
कम्पनीले गत आवको सोही अवधिमा २ अर्ब ३७ करोड १६ लाख ९५ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको थियो ।
गत वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन ३५.२३ प्रतिशतले बढी हो ।
खुद बीमाशुल्क संकलन रकम बढेपनि कम्पनीको खुद नाफा भने घटेको छ । यस अवधिमा कम्पनीले ६ करोड ३५ लाख २५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा कम्पनीले ७ करोड ७३ लाख ८१ रुपैयाँ खुद नाफा आर्जन गरेको हो । गत वर्षको तुलनामा कम्पनीको नाफा १७.९१ प्रतिशतले घटेको छ ।
चुक्ता पूँजी १ अर्ब ५० करोड ५० लाख रुपैयाँ रहेको इन्स्योरेन्सको वार्षिक प्रतिशेयर आम्दानी ८.४४ रुपैयाँ छ । यस अवधिमा कम्पनीको जगेडा कोषमा ७३ करोड १३ लाख रुपैयाँ सञ्चित रहँदा वार्षिक प्रतिशेयर नेटवर्थ १४८.५९ पैसा छ ।
समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार ३ अर्ब ३७ करोड ७१ लखबाट ६ अर्ब ३ करोड १८ लाख रुपैयाँ सञ्चित भएको छ ।
दोस्रो त्रैमासको अवधिमा कम्पनीमा २३ हजार ५२ वटा बीमालेख जारी भएका छन् । यस अवधिमा कम्पनीले कुल ३ अर्ब ३२ करोड ६९ लाख रुपैयाँ कुल बीमशुल्क संकलन गर्दा हालसम्म संकलित बीमाशुल्क रकम ११ अर्ब ९२ करोड ३१ लख रुपैयाँ संकलन गरेको छ ।
पुस मसान्तसम्ममा कम्पनीले २२९ वटा दाबी भुक्तानी वापत ८९ करोड १५ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ भने १६ वटा दाबी वापत परेको ३० लाख ३१ हजार भुक्तानी हुन बाँकी छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया