साताको दोस्रो कारोबार दिन सोमबार प्रि ओपनिङ्ग सेसनमा नेप्से २३.८६ अंकले बढेको छ । यससँगै नेप्से २ हजार ५१७ दशमलव ४६ अंकमा पुगेको छ ।
नेप्सेको प्रि ओपनिङ्ग सेसनमा आज २४ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये २० कम्पनीको शेयरमूल्य बढेको छ भने २ कम्पनीको शेयरमूल्य घटेको छ । २ कम्पनीको मूल्य स्थीर रहेको छ । १७ कम्पनीको शेयरमूल्य करिब ५ प्रतिशतले बढेको छ ।
यस अवधिमा २२ कम्पनीका ३ हजार ४१५ कित्ता शेयर २९ लाख २६ हजार २७५ रुपैयाँमा खरीद बिक्री भएका छन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया