
नेपाली बजारमा बिहीबार सुनको भाउ तोलामा ५०० रुपैयाँले घटेर कारोबार भएको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ८९ हजार ३०० रुपैयाँ, तेजावी सुन प्रतितोला ८८ हजार ८५० रुपैयाँमा कारोबार भएको हो ।
यसअघि बुधबार छापावाल सुन ८९ हजार ८०० रुपैयाँ र तेजावी सुन ८९ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै बिहीबार चाँदीको भाउ भने तोलामा दश रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला १ हजार ३५५ रुपैयाँमा कारोबार भएको छ । बुधबार प्रतितोला १ हजार ३४५ रुपैयाँमा चाँदीको कारोबार थियो ।
बुधबार सुनको भाउ तोलाको ३०० रुपैयाँ र चाँदी १५ रुपैयाँले घटेर कारोबार भएको थियो ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।










प्रतिक्रिया