
विजय लघुवित्त वित्तिय संस्था लिमिटेडको विशेष साधारण सभाले खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गर्ने प्रस्ताव सर्वसम्मतीबाट पारित गरेको छ ।
वित्तिय संस्थाका फागुन १५ गते विजय विकास स्रोत केन्द्र गैडाकोट, ८ मा शनिबार सम्पन्न विशेष साधरण सभाले प्राप्ति गर्ने प्रयोजनको लागि मुल्यांकनकर्ताबाट प्राप्त प्रतिवेदनका आधारमा निर्धारण गरिएको विजय लघुवित्त वित्तीय संस्था लिमिटेड र खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर स्वाप अनुपात १ः०.८५ कायम गर्ने संचालक समितिको प्रस्ताव पारित गरेको हो ।
विशेष साधारण सभाले विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गर्ने सम्बन्धमा सम्पन्न समझदारीपत्र, सम्पत्ति, दायित्व र कारोवारको मूल्यांकन प्रतिवेदन, प्राप्ति गर्ने र हुने सम्बन्धमा गठित संयुक्त प्राप्ति समिति र सञ्चालक समितिले गरेका निर्णय एवं सो सम्बन्धमा भएका काम कारबाही र खर्च अनुमोदन गर्नुको साथै दुई पक्ष बीच सम्पन्न अन्तिम सम्झौतापत्र समेत स्वीकृत गरको छ ।
प्राप्ति गर्ने कार्य सम्पन्न भएपश्चात् हुने संस्थाको अधिकृत पूँजी, जारी पूँजी, चुक्ता पूँजी, शेयर संरचना बमोजिम संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव समेत पारित भएको छ ।
उक्त सभाले वित्तीय संस्थाको तर्फबाट अन्य कुनै वित्तीय संस्था प्राप्ती गर्ने वा एक आपसमा गाभ्ने/गाभिने सम्बन्धि आवश्यक सहमति र सम्झौता गर्ने लगायत गाभ्ने।गाभिने वा प्राप्ती गर्ने सम्बन्धमा आवश्यक कामहरु गर्न सक्ने अख्तियारी सञ्चालक समितिलाई प्रत्यायोजन गर्ने प्रस्ताव पारित गरेको छ ।
संस्थाका अध्यक्ष कपिल न्यौपानेको अध्यक्षतामा सम्पन्न उक्त सभामा अध्यक्षज्यूले संचालक समितिको तर्फबाट प्रतिदेदन प्रस्तुत गरेका थिए । उक्त सधारण सभामा सञ्चालक समितिको तर्फबाट प्रस्तुत प्रतिवेदन माथि शेयरधनीहरुको जिज्ञासा र उठेका प्रश्नहरुमा संस्थाको तर्फबाट अध्यक्ष कपिल न्यौपाने तथा प्रमुख कार्यकारी अधिकृत बसन्त राज लम्सालले स्पष्ट पारेका थिए ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।










प्रतिक्रिया