मूल्य संवेदनशिलताको सूचनामा सचेत गराउँदै नेप्सेले खोल्यो सांग्रिलाको शेयर कारोबार

0
Shares

गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट लाभांश प्रस्ताव गरी ढिलो जानकारी गराएपछि रोक्का रहेको सांग्रिला डेभलपमेन्ट बैंकको दोस्रो बजारमा रोक्का रहेको शेयर कारोबार फुकुवा भएको छ ।

धितोपत्र सूचीकरण विनियमावली २०७५ मा भएको व्यवस्था बमोजिम धितोपत्र मूल्यमा प्रभाव पार्ने सूचना, जानकारी तथा निर्णय सार्वजनिक भएमा सोही दिन वा भोलिपल्ट कारोबार खुल्नुपर्ने व्यवस्था रहेकोमा बैंकले फागुन १६ गते साढे १० बजे गरेको लाभांश प्रस्तावको निर्णयका जानकारी नेप्सेमा साढे १२ बजेपछि मात्र जानकारी गराएको थियो ।

लाभांश प्रस्तावको जानकारी कारोबार समयअघि नगराएपछि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले तीन दिनभित्र के कति कारणले सो जानकारी गराउन नसकेको स्पष्टिकरण साध्दै सांग्रिाला डेभलपमेन्ट बैंकको शेयर कारोबार रोक्का गरेको थियो ।

नेप्सेको स्पष्टिकरणमा बैंकले उत्तः जानकारी बैठक सकिनासाथ गराउने मनसायका सथा पडाइएकोमा अबदेखि सूचीकरण विनियमावली २०७५ मा भएको व्यवस्था बमोजिम गर्ने जवाफ पठाएको थियो ।

बैंकको जवाफपछि नेप्सेले सचेत गराउँदै मंगलबार नै दोस्रो बजारमा बैंकको कारोबार फुकुवा गरेको हो ।

बैंकको फागुन १६ गते आइतबार सम्पन्न सञ्चालक समितिको बैंठकले शेयरधनीहरुलाई चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: १८ फाल्गुन २०७७, मंगलबार  १८ : १२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।