स्वावलम्बन लघुवित्तले लाभांश पारित गर्न डाक्यो साधारण सभा

0
Shares

स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड (SWBBL) ले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको लाभांश पारित गर्न साधारण सभा डाकेको छ ।

लघुवित्तको फागुन १७ गते सम्पन्न सञ्चालक समितिको बैठकले चैत ११ गते अम्रपाली ब्यांक्वेट बालुवाटार, काठमाडौंमा बिहान ११ बजे १९ औं वार्षिक साधारण सभा आह्वान गरेको हो ।

सभाले आव २०७६/७७ प्रस्तावित १९.००५७ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद लाभांश (बोनसको कर प्रयोजनको लागि) गरी कुल २०.००५७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ ।

लाभांश वितरण र साधारण सभा प्रयोजनका लागि लघुवित्तले फागुन २८ गतेदेखि बुकक्लोज तोकेको छ । यसअनुसार बुकक्लोज अघिल्लो कारोबार दिनसम्म नेप्सेमा शेयर कारोबार भई कायम रहने शेयरधनीहरु मात्र साधारण सभामा भाग लिन र लाभांश प्राउन योग्य हुनेछन् ।

यसैगरी सभाले स्वावलम्बन लघुवित्त र अन्य उपयुक्त लघुवित्तसँग मर्जर तथा प्राप्तीका लागि आवश्यक प्रकृाया अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, संस्थाको रजिष्टर्ड कार्यालय स्थानान्तरण गरी कामपा वडा नम्बर ३० मा कायम गर्ने, कम्पनीको प्रवन्धपत्र र नियमावली संशोधन गर्ने, तथा सर्वसाधारण तर्फको सञ्चालक पद संख्या १ मा पूर्ण अवधिको लागि सञ्चालक नियुक्त गर्ने लगायतको रहेको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: १९ फाल्गुन २०७७, बुधबार  १० : ०६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।