राधी विद्युत कम्पनी (RADHI) ले आज साधारण सभा सम्पन्न गर्दैछ । सञ्चालक समितिको माघ २६ गते सोमबार सम्पन्न सञ्चालक समितिको बैठकले २०७७ फागुन १९ गते सभा आह्वान गरेको थियो ।
साधारण सभा कम्पनीको कार्यालय, त्रिपुरेश्वर, काठमाडौँमा बिहान ११ बजेबाट सुरू हुँदैछ । कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७५/७६ बाट शेयरधनीलाई कुनैपनि लाभांश वितरण नगर्ने भएको छ ।
सभामा वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब, लेखापरीक्षक नियुक्ती र पारिश्रमिक निर्धारण, र प्बन्धपत्र तथा नियमावली संसोधन गर्ने लगायतका प्रस्तावहरु रहेका छन् ।
साधारण सभा तथा लाभांश प्रयोजनका लागि कम्पनीले फागुन ५ गतेदेखि बुकक्लोज गर्ने निर्णय गरेको छ । यसअनुसार फागुन ४ गते मंगलबारसम्म नेप्सेमा शेयर कारोबार भई कायम रहने शेयरधनीले मात्र साधारण सभामा सहभागिता जनाउन पाउनेछन् ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।










प्रतिक्रिया