.jpg)
नेपाल दुरसञ्चार कम्पनी (टेलिकम) ले गत आर्थिक वर्ष २०७६/७७ बाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
कम्पनी सञ्चालक समितिको फागुन १९ गते बिहान सम्पन्न बैठकले प्रतिशेयर ४० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नेपाल सरकारको स्वीकृति तथा कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र शेयरधनीले पाउनेछन् ।
कम्पनीले अघिल्लो आव २०७५/७६ बाट प्रतिशेयर ४५ रुपैयाँ नगद लाभांश वितरण गरेको थियो ।
.jpg)
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।










प्रतिक्रिया