सारथी नेपाल लघुवित्तको लाभांश संशोधन

0
Shares

सारथी नेपाल लघुवित्त वित्तीय संस्था (SNLB) को यस अघि घोषणा भएको लाभांश संशोधन भएको छ ।

संशोधनपछि लघुवित्तले चुक्ता पूँजीको ८.१३ प्रतिशत बोनस शेयर बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.४२८ प्रतिशत नगद लाभांश दिने भएको छ ।

यसअघि लघुवित्तले हाल कायम चुक्ता पूँजीको ९.११ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.४७९४ प्रतिशत नगद लाभांश गरी कुल ९.५९ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकवाट स्वीकृत भएर लघुवित्तको आगामी साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीले पाउनेछन् ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: १९ फाल्गुन २०७७, बुधबार  १२ : ५१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।