रोयल इन्फिल्डको “वेलफेर राइड” कार्यक्रम आयोजना

0
Shares

नेपालमा रोयल इन्फिल्ड मोटरसाइलको आधिकारी बिक्रेता प्रतिष्ठित औधोगिक तथा व्यापारीक घराना एम भी दुगड ग्रुप अन्र्तगतको विवेक अटोमोवाइलस् प्रा. लि. ले फेब्रुवरी २६ तारिक, फागुन १४ गते “वेलफेर राइड” कार्यक्रम आयोजना गरेकोे सहर्ष जानकारी गराउन चाहन्छौंं ।

बालाजु स्थित रोयल इन्फिल्ड शोरुम देखी सुरु भएको राइड, रोयल इन्फिल्डका हेड अफ अपरेसन कनक जम्मरले शुभारम्भ गरेका थिए । जुन मानव सेवा आश्रम, नारायणथानमा पुगि सम्पन्न भएको थियो ।

यस राइड मा ३५ वटा रोयल इन्फिल्डमा सवार ४२ जना राइडरहरुले सहभागिता जनाएका थिए । १५ किलोमिटर लामो मोटरसाईकल ¥यालीका लागी रोड क्यापटेन थिए काठमाडौँ लेजेंड्स् ।

वृद्ध ज्येष्ठ नागरिक अनि असक्त बुवाआमाहरुलाई सेवा गर्दै आएको मानव सेवा आश्रमलाई सहयोग एवं त्यस आश्रममा रहेका बुवाआमाहरुसंग अन्तर्क्रिरया गर्ने मुख्य उद्देश्य राखेर बिहानको ८ बजे बालाजु देखि हिँडेको मोटरसाईकल ¥याली गोंगबु, महारागञ्ज, गोल्फुटार हुँदै मानव सेवा आश्रम, नारायणथानमा पुगि समापन भएको थियो ।

मानव सेवा आश्रम पुगेर एमभी दुगड ग्रुप टीम र राइडरहरुले त्यस आश्रममा यथासक्य र आफ्नो मनखुसीले सेवा र अन्तर्क्रिरया कार्यक्रम पनि गरेका थिए । संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिनु र राइडरहरुमा सेवाको भावना जगाउनु पनि ¥यालीको मनसाय रहेको थियो ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: १९ फाल्गुन २०७७, बुधबार  १७ : ५७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।