सिभिल लघुवित्तको बोनसको बुकक्लोजसँगै शेयरमूल्य समायोजन

0
Shares

सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड (CLBSL) को बिहीबार शेयरमूल्य समायोजन भएको छ ।

लघुवित्तले गत आवको नाफाबाट वितरण गर्न प्रस्ताव गरेको लाभांश तथा साधारण सभाको बुकक्लोजसँगै बिहीबार बोनस समायोजन गरी नयाँ मूल्य निर्धारण गरिएको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले कम्पनीको ३.५० प्रतिशत बोनस शेयरपछि प्रतिकित्ता ९६६ रूपैयाँ समायोजित मूल्य कायम गरेको छ । बुधबार कारोबार भएको अन्तिम मूल्य १ हजार रुपैयाँका आधारमा बोनस समायोजन गरिएको हो ।

यससँगै नेप्सेमा बिहीबार लघुवित्तको शेयर कारोबार समायोजित मूल्यलाई आधार मानेर कारोबार खुल्नेछ । नेप्सेको प्रि ओपन सेसनमा ५ तथा नियमित कारोबार समयमा २ प्रतिशत घटबढ भई शेयर कारोबार हुनसक्ने व्यवस्था छ ।

मर्जर तथा लाभांश प्रस्ताव पारित गर्न लघुवित्तले चैत्र ५ गते, बिहीबार, बोगनभिल्ला इभेन्टस, त्रिपुरेश्वर, काठमाडौँमा बिहान ११ बजे नवौँ वार्षिक साधारण सभा बोलाएको छ ।

सम्बन्धीत थप समाचारहरुः-

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: २० फाल्गुन २०७७, बिहिबार  ०९ : ०८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।