साताको अन्तिम कारोबार दिन बिहीबार प्रि-ओपनिङ सेसनमा कुल १३ कम्पनीको शेयर कारोबार भएकोमा १० कम्पनीको शेयरमूल्य बढेको छ । २ कम्पनीको शेयर मूल्य घटेको बजारमा १ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ । पाँच कम्पनीको शेयरको भाउ करिब ५ प्रतिशतले बढेको छ ।
दुई दिन उच्च अंकले बजार घट्नु र आज प्रि-ओपनिङ सेसनमा बजार बढ्नुले बिहीबार शेयर बजारले बाउन्स ब्याक गर्ने अपेक्षा लगानीकर्ताले गरेका छन् । बजार घट्नुपर्ने साख काराण नभएपनि तरलता संकटको हल्लाले ब्याजदर बढ्ने आशंकामा अल्पकालीन लगानीकर्ताले धमाधम शेयर बिक्री गर्न थालेपछि दुई दिनयता बिक्री चाप उच्च देखिएको थियो । बजार निकै तल झरेकाले पनि आजदेखि माग बढ्ने अपेक्षा गरिएको छ ।
आज शेयर बजार परिसूचक नेप्सेमा ९.१९ अंकले बढेको छ । कारोबारमा आएका सबैजसो कम्पनीको शेयरमूल्यमा बढोत्तरी आएपछि परिसूचकमा वृद्धि आएको हो । यससँगै नेप्से २ हजार ४२५ दशमलव २० बिन्दुमा पुगेको छ ।
प्रि–ओपनिङ सेसनमा १३ कम्पनीका १ हजार ८० कित्ता शेयरहरु ६ लाख ७६ हजार रुपैयाँमा किनबेच भएका छन् ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।










प्रतिक्रिया