रिलायन्स फाइनान्सको लाभाशं घोषणा, बोनस कति ?

0
Shares

रिलायन्स फाइनान्स लिमिटेड (RLFL) ले आर्थिक वर्ष २०७६/७७ बाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

फाइनान्सको फागुन २० गते सम्पन्न सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५३ प्रतशित नगद लाभांश गरी कुल १०.५३ प्रतशित लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभाशं नेपाल राष्ट्र बैंकको स्वीकृती पश्चात आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुलाई वितरण गरिनेछ ।
हाल फाइनान्सको चुक्ता पूँजी ८३ करोड २४ लाख १६ हजार ६३ रुपैयाँ रहेको छ ।

प्रस्तावित ८ करोड ३२ लाख ४१ हजार ६०६ रुपैयाँ बोनस वितरण पश्चात फाइनान्सको चुक्ता पूँजी ९१ करोड ५६ लाख ५७ हजार ६६९ रुपैयाँ पुग्नेछ ।

 

फाइनान्सले अघिल्लो आव आर्थिक वर्ष २०७५/७६ बाट शेयरधनीहरुलाई ६.५८ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: २१ फाल्गुन २०७७, शुक्रबार  १० : ३५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।