शेयर बजार परिसूचक मापक यस साता मात्रै १.८९ प्रतिशत अर्थात ४७.४५ अंकले घटेको छ । गत बिहीबार २ हजार ५५४ दशमलव १३ अंकमा रहेको नेप्से यस साताको अन्तिम कारोबार दिनसम्ममा घटेर २ हजार ५०६ दशमलव ६८ अंकमा पुगेको हो ।
साताभरमा नेप्से २ हजार ३९१ दशमलव ४० बिन्दुसम्म झर्यो भने यसै साता २ हजार ५५९ दशमलव ४३ बिन्दुको उच्च अंकसम्म नेप्सेले छोयो । सातामा नेप्से सूचकमा १६८.०३ अंकको उतार-चढाव देखा पर्यो ।
नेप्सेमा आएको गिरावटसँगै नेप्सेमा रहेको लगानीकर्ताको सम्पत्ति मापक बजार पूँजीकरण एक सातामा नै ६५ अर्ब ७४ करोड ४५ लाख रुपैयाँले घटेर २७ अर्ब ०४ करोड रुपैयाँले घटेर ३४ खर्ब ५३ अर्ब ७४ करोड ३६ लाख रुपैयाँमा संकुचित बनेको छ ।
गत साता कुल बजार पूँजीकरण ३५ खर्ब १९ अर्ब ४८ करोड ८१ लाख रहेको थियो ।
यस साता सूचक घटेसँगै कारोबार रकममा पनि १५.८६ प्रतिशतले घटेको छ । गत साता ३८ अर्ब ६० करोड २५ लाखको शेयर कारोबार भएकोमा यस साता ३२ अर्ब ४८ करोड १ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । यो रकम गत साताको तुलनामा ६ अर्ब १२ करोड २४ लाख रुपैयाँ कम हो ।
यस साता औषतमा दैनिक ६ अर्ब ४९ करोड ६० लाख रुपैयाँको शेयर कारोबार भयो । यस साता बैंकिङ्गमा उच्च बढोत्तरी आएको छ । यस साता ब्यापार सूचकमा सर्वाधिक बढोत्तरी भएको छ । ब्यापार ३१.४९ प्रतिशतले बढेर ३ हजार ८७३ बिन्दुमा पुगेको छ । यसैगरी होटल तथा टुरिजम पनि ८.९६ प्रतिशतले बढेर २ हजार २३४ बिन्दुमा पुगेको छ । बाँकी सबै उपसमुहका सूचक ऋणात्मक रहे ।
सातामा म्युचुअल फण्डको सूचक ३.८५ प्रतिशत, जीवन बीमा उपसमुहको सूचक ३.७८, अन्य ३.७१, उत्पादनमुलक ३.१८ प्रतिशत, विकास बैंक सूचक २.६१, बैंकिङ्ग २.१०, लगानी १.६१, निर्जीवन बीमा उपसमुहको सूचक १.४०, वित्त ०.९४, लघुवित्त ०.४४ र हाइड्रोपावरको सूचक ०.३२ प्रतिशतले गिरावट आएको छ ।
चन्द्रागिरी हिल्सको मूल्य ६० प्रतिशतले बढ्यो
यस साता चन्द्रागिरी हिल्स लिमिटेडेको शेयरमूल्य ६०.४८ प्रतिशत अर्थात २२८ रुपैयाँले बढेको छ । आइतबार प्रतिकित्ता ३७७ रुपैयाँमा शेयर कारोबार खुलेको कम्पनीको शेयरमूल्य बढेर ६०५ रुपैयाँ पुगेको हो ।
यसैगरी साल्ट ट्रेडिङको ३४.३४ प्रतिशत अर्थात २८१२ रुपैयाँ बढेर ११ हजार रुपैयाँ र हिमालयन पावर पार्टनरको ३०.६२ प्रतिशत अर्थात १०९ रुपैयाँ बढेर ३५६ रुपैयाँ पुगेको छ ।
यस साता एनसीसी बैंक संस्थापक १९.९२ प्रतिशत, मेरो माइक्रोफाइनान्स १३.५९ प्रतिशत, नेरुडे लघुवित्त ८.१५ प्रतिशत, बैंक अफ काठमाण्डूको ६.५४ प्रतिशत, लिवर्टी इनर्जीको ५.९३ प्रतिशत, युनाइटेड इन्स्योरेन्सको ५.३१ प्रतिशत र श्री इन्भेष्ट फाइनान्सको ४.५० प्रतिशतले मूल्य बढेको छ ।
यस साता विगत दुई आवबाट लाभांश वितरण नगर्ने घोषणा गरेपछि एशियन लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमूल्य सबैभन्दा धेरै ९.०४ प्रतिशतले घटेको छ । यसैगरी नेशनल माइक्रोफाइनान्स र स्वरोजगार लघुवित्तको शेयरमा लगानी गरेकाले यस साता ७ प्रतिशत धेरैले गुमाउँदा गणपति, मिर्मिरे, ग्लोबल आईएमइए समुन्नत स्कीम १, नेपाल फाइनान्स, पन्चकन्या माइ हाइड्रोपावरको शेयरमा लगानी गरेकाले पनि ६ प्रतिशत बढीले गुमाएका छन् । एनआईबिएल प्रगति फण्ड र पाँचथर पावरको शेयरमूल्य पनि ५ प्रतिशत बढीले घटेको छ ।
निफ्राको उच्च कारोबार
यस साता नेपाल इन्फ्रास्टक्चर डेभलपमेन्ट बैंकको उच्च कारोबार भएको छ । बैंकको सातामा २ अर्ब ८ करोड ७८ लाख ५८ हजार रुपैयाँ बढीको शेयर कारोबार भएको हो । यसैगरी शिखर इन्स्योरेन्सको पनि २ अर्ब बढीको शेयर कारोबार भएको छ ।
नेपाल लाइफ र ग्लोबल आईएमई बैंकको १ अर्ब माथि कारोबार भएको यस सातामाको बजारमा एनआईसी एशिया बैंक, नेपाल बैंक, नबिल बैंक, एशियन लाइफ इन्स्योरेन्स, पुनबीर्मा कम्पनी र नेको इन्स्योरेन्सको ८९ करोड धेरै रकमको शेयर खरीद बिक्री भयो ।
यस साता पनि नासा सेक्युरिटीजले सबैभन्दा धेरै शेयर खरीद बिक्री गराएको छ । नासाले यस साता १ अर्ब ९१ करोडको शेयर खरीद गर्दा १ अर्ब ८५ करोडको शेयर बिक्री गरेको छ ।
अनलाईन सेक्युरिटीज, इम्पेरियल र भिजन, सेक्युरिटीजबाट १ अर्ब बढीको शेयर खरीद हुँदा यस साता इम्पेरियल, डायनामिक मनि चेञ्जर, अनलाईन सेक्युरिटीज, सनि, दिपशिखा, भिजन र आर्यतारा सेक्युरिटीजबाट १ अर्ब धेरै कारोबार शेयर बिक्री भएको छ ।
यस साता धेरै शेयर खरीद तथा बिक्री हुने दश ब्रोकर कम्पनीहरुबाट शिखर, निफ्रा, एनटिसी, नबिल, र एशियन लाइफ इन्स्योरेन्सको शेयर खरिद हुँदा शिखर, निफ्रा, ग्लोबल आईएमई बैंक, एनटिसी र नबिल बैंकको शेयर बिक्रीमा प्राथमिकतामा परेका छन् ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया