ऋणात्मक बजारमा तीन कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट ब्रेक

0
Shares

संसद पुनरस्थापनापछि आइतबार संघीय संसद आह्वान गरिएको छ । राजनीति कता जाला भन्ने दुविधाका कारण त्यसको प्रभाव आइतबारको शेयर बजारमा परेको छ ।

दिनभर तीव्र उतार चढावका बीच नेप्से २१.५९ बिन्दु घटेर बन्द भएको छ । कारोबारको सुरुवाति पाँच मिनेटमा नै प्रि ओपनिङ्गमा १३ अंकको बढेको नेप्से ३७ अंक बढी घटेपनि केही सम्हालिन खोजेपनि निरन्तर बिक्रीचापका कारण राताम्य भएर बन्द भएको छ ।

आइतबार २११ कम्पनीका १ करोड १७ लाख ७८ हजार ८२० कित्ता शेयर ५३ हजार ९७० पटक खरीद बिक्री हुँदा कारोबार रकम ५ अर्ब पुगेको छ । बिहीबार ६ अर्ब ५ करोडको शेयर कारोबार भएको बजारमा आइतबार कारोबार रकम १ अर्ब ५ करोड घटेको हो । नेप्से घटेसम्गै लगानीकर्ताको सम्पत्ति मापक कुल बजार पूँजीकरण आइतबार २९ अर्ब ७४ करोडले घटेर ३४ खर्ब २४ अर्बमा संकुचित बनेको छ । बिहीबार ३४ खर्ब ५३ अर्ब ७४ करोड रुपैयाँ कुल बजार पूँजीकरण रहेको थियो ।

नेप्से ऋणात्मक भएपनि तीन कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । चन्द्रागिरी हिल्स, नेपाल हाइड्रो डेभलोपर र रैराङ हाइड्रोपावरको शेयरमूल्य करिब १० प्रतिशतले बढेको छ । एक्सेल डेभलपमेन्ट बैंक, नेपाल इन्स्योरेन्स, र अपर तामाकोशीको शेयरमूल्य ५ प्रतिशत धेरैले बढेको बजारमा युनिभर्सल पावर, रिलायन्स फाइनान्स र अपर तामाकोशीको शेयरमूल्य ४ प्रतिशतले बढेको छ ।

Symbol LTP Point Change % Change
As of 2021-03-07 15:00:00
CGH 665.00 60.00 9.92
NHDL 324.00 29.00 9.83
RRHP 317.00 28.00 9.69
EDBL 450.00 30.00 7.14
NICL 864.00 53.00 6.54
UPCL 144.00 7.00 5.11
RLFL 233.00 10.00 4.48
UPPER 575.00 23.00 4.17
HPPL 483.00 18.00 3.87
NIBLPF 12.36 0.46 3.8

यसदिन नेशनल हाइड्रोपावरको शेयरमा लगानी गरेका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको शेयरमूल्य साढे ५ प्रतिशत धेरैले घटेको हो । यस्तै साल्ट ट्रेडिङको मूल्य पनि ५ प्रतिशतले घटेको छ । बोटलर्स नेपाल तराई, किसान लघुवित्त, श्री इन्भेष्ट फाइनान्स, सपोर्ट माइक्रोफाइनान्स, गुराँस लाइफ, बैंक अफ काठमाण्डू र मेरो माइक्रोफाइनान्स लगायत कम्पनीको शेयरमूल्य पनि ३ प्रतिशतले घटेको छ ।

Symbol LTP Point Change % Change
As of 2021-03-07 15:00:00
NHPC 154.00 -9.00 -5.52
STC 10,450.00 -550.00 -5.00
BOKL 312.00 -14.00 -4.29
BNT 8,644.00 -356.00 -3.96
KLBSL 1,480.00 -57.00 -3.71
SIGS2 11.67 -0.43 -3.55
SIFC 224.00 -8.00 -3.45
SMB 1,930.00 -68.00 -3.40
GLICL 712.00 -25.00 -3.39
MERO 1,326.00 -45.00 -3.28

 

कारोबारमा आएका अघिकांश कम्पनीको शेयरमूल्य घटेपछि ठूला कम्पनीहरुको सूचक मापक सेन्सेटिभ इन्डेक्स १.७८ अंकले घटेर ४४९.६८ बिन्दुमा झरेको छ । कारोबारमा आएका १३ उप समुहका सूचकमध्ये होटल र टुरिजम्को इन्डेक्स बाहेक जलविद्युत पनि सामान्य सकारात्मक रहेको छ । बाँकी सबै घटेका छन् । ब्यापारमा सबैभन्दा धेरै ४.६८ प्रतिशत गिरावट भोगेको बजारमा जीवन बीमा, लगानी, उत्पादनमुलक र लघुवित्तको इन्डेक्स पनि १ प्रतिशत बढीले घटेको छ ।

आइतबारको बजारमा निफ्राको सबैभन्दा धेरै शेयर कारोबार भएको छ । बैंकको ७ लाख ७९ हजार कित्ता शेयर ४२ करोड ७८ लाख रुपैयाँमा खरीद बिक्री भएका छन् । नेपाल बैंक ३९ करोड ६९ लाख र अपर तामाकोशीको २४ करोड २४ लाख रुपैयाँको शेयर कारोबार भयो ।

ग्लोबल आइएमई बैंक, नेपाल इन्स्योरेन्स, शिखर, पुनर्बीमा कम्पनी, नेको इन्स्योरेन्स, नेपाल लाइफ र नेपाल टेलिकमको उच्च कारोबार भएको छ । दशौं ठूलो कारोबार भएको टेलिकमको १० करोड ४६ लाख रुपैयाँको शेयर किनबेच भयो ।

Symbol Turnover Closing Price
As of 2021-03-07 15:00:00
NIFRA 427,840,924.00 542.00
NBL 396,993,782.00 455.00
UPPER 242,399,642.00 575.00
GBIME 171,353,870.00 462.00
NICL 157,668,514.00 864.00
SICL 147,160,469.00 2,689.00
NRIC 113,843,905.00 1,417.00
NIL 111,831,852.00 1,670.00
NLIC 109,698,840.00 2,075.00
NTC 104,664,101.00 1,270.00

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: २३ फाल्गुन २०७७, आइतबार  १५ : ५९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।