नेपाल प्रहरीले बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका ४ बस्ने ४३ वर्षीया भावना श्रेष्ठलाई पक्राउ गरेको छ । प्रहरीले आइतबार काठमाडौं चण्डोलबाट श्रेष्ठलाई पक्राउ गरेको हो ।
उच्च अदालत पाटनको २०७७ पुस २९ गतेको फैसलाले उक्त मुद्दामा २ दिन कैद र १६ लाख रुपैयाँ जरिवाना ठहर भएको थियो । उक्त सजाय वेरुजू रही फरार रहेकी श्रेष्ठलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो ।
भावनाले २०७५ पुस ३ र १८ गते आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी झुक्यानमा पारी राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, शाखा कार्यालय टंगाल खाताबाट भुक्तानी हुने गरी चेकहरु काटी पीडितलाई दिएकोमा बैंकिङ कसूरजन्य अपराध गरेको ठहर गरी अदालतबाट उल्लेखित सजाय हुने गरी फैसला भएको थियो ।
भावनालाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको उक्त ब्यूरोले जनाएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।










प्रतिक्रिया