धितोपत्र बोर्डद्धारा वार्षिकोत्सव विशेषाङ्कका लागि लेख रचना पठाउन आह्वान

0
Shares

नेपाल धितोपत्र बोर्डले धितोपत्र बजार, पूँजी बजार, मुद्राबजार तथा अर्थतन्त्रसँग सम्बन्धित तथ्यपरक, विश्लेषणात्मक लेख रचना पठाउन आग्रह गरेको हो ।

नेपाल धितोपत्र बोर्डले २९ औं वार्षिकोत्सको अवसरमा प्रकाशन गर्ने “नेपाल धितोपत्र बोर्ड, वार्षिकोत्सव लेख विशेषाङ्क, २०७८” का लागि बोर्डको वस्तु विनिमय तथा अनुसन्धान विभागले लेख रचना माग गरेको हो ।

बोर्डको २९ औं वार्षिकोत्सको अवसरमा विशेषांक प्रकाशनका लागि बोर्डले नेपाली तथा अंग्रजी भाषामा लेखिएको कम्तिमा १ हजार ५०० शब्दको लेख रचना उपलब्ध गराउन आह्वान गरेको हो ।

उक्त लेख रचना टाइम्स न्यू रोमन तथा प्रीति फन्टमा टाइप गरी २०७८ बैशाख मसान्तसम्ममा बोर्डको इमेल ठेगाना  [email protected] मा पठाउनुपर्नेछ ।

यसरी पठाइने लेख रचना अन्यन्त्र प्रकाशित नभएको र प्रकाशनको लागि समेत पेश नगरिउको हुनुपर्ने बोर्डले जनाएको छ । उक्त लेख स्वीकृत गर्ने। नगर्ने सम्पूर्ण अधिकार सम्पादक समुहमा रहने बताइएको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: २४ फाल्गुन २०७७, सोमबार  १३ : ०५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।