घट्दो बजारमा पनि जलविद्युत र होटल उप-समुहका सूचक चम्किए

0
Shares

मंगलबार शेयर बजार परिसूचक मापक नेप्से पौने २२ अंकले ऋणात्मक रहेपनि होटल तथा टुरिजम् र जलविद्युतको उप-समुहका सूचक भने सकारात्मक बनेको छ ।

कारोबार खुलेको साढे २ घण्टा अवधि अर्थात साढे १ बजेसम्ममा होटल तथा टुरिजमको सूचकमा २ प्रतिशत धेरैको वृद्धि देखिएको छ भने जलविद्युतको इन्डेक्स पनि १.८८ प्रतिशतले बढेको छ ।

यस अवधिमा धेरै कमाउने कम्पनीको सूचीमा अधिकांश जलविद्युत कम्पनी रहेका छन् । यस अवधिमा हिमालयन उर्जा कम्पनी, चन्द्रागिरी हिल्स, नेपाल हाइड्रो डेभलोपर, रैराङ हाइड्रोपावर, युनाइटेड फाइनान्स रहेका छन् । यी कम्पनीको शेयरमूल्य ९ प्रतिशत धेरैले बढेको छ ।

पाँचथर पावर सिनर्जी पावर, घलेम्दी हाइड्रोपावर, कालिका पावर र रिडी हाइड्रोपनवर कम्पनीको शेयरमूल्य पनि ६ प्रतिशत धेरैले बढेको छ ।
पोखरा फाइनान्स र सपोर्ट माइक्रोफाइनान्सको शेयरमा लगानी गरेकाले ४ प्रतिशत बढीले गुमाउँदा सेन्ट्रल फाइनान्स, गुडविल फाइनान्स, ग्लोबल आइएमई बैंक, मिथिला लघुवित्त र मेरो माइक्रोफाइनान्सका लगानीकर्ताले ३ प्रतिशतले गुमाएका छन् ।

हालसम्म २०० कम्पनीका ७८ लाख ९५ हजार कित्ता शेयर ३० हजार २० कारोबारबाट २ अर्ब ६३ करोड रुपैयाँमा खरीद बिक्री भएका छन् । बुधबार बुकक्लोज गर्न लागेको शिखर इन्स्योरेन्स कम्पनीको २८ करोड ६१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपर तामाकोशी, अरुण भ्याली, निफ्रा, नेपाल टेलिकमको उच्च कारोबार भएको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: २५ फाल्गुन २०७७, मंगलबार  १३ : ४० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।