
नेपाल धितोपत्र बोर्डमा साधारण शेयर जारी गर्न अनुमति मागेका दुई लघुवित्त कम्पनीहरु जीवन विकास र मनकामना लघुवित्तले क्रेडिट रेटिङ्ग एजेन्सी इक्रा नेपालबाट रेटिङ गरेका छन् ।
इक्रा नेपालले मनकामना लघुवित्तलाई इक्रा एनपी आइआर डबल बी माइनस रेटिङ प्रदान गरेको छ । यो रेटिङले समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
यसैगरी इक्राले जीवन विकास लघुवित्तलाई इक्रा एनपी आइआर ट्रिपल बी माइनस रेटिङ प्रदान गरेको छ । कम्पनीलाई प्रदान यो रेटिङले समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
इक्रा नेपालले क्रेडिट रेटिङ्ग कम्पनीले प्रदान गर्ने रेटिङ्ग सामान्यतया मात्र एक मात्र विचार हो । यो मूल्यमा गरिएको इकाईको साख र कुनै ऋणपत्र उपकरणको लागि निर्दिष्ट छैन । क्रेडिट रेटिङ्गमा प्रयोग हुने (प्लस) चिन्हले यस समूहका तुलनात्मक सकारात्मक स्थितिलाई जनाउँछ ।
उक्त रेटिङ निष्काशनकर्ताको सामान्य क्रेडिट विश्वसनियता सम्बन्धी राय मात्र भएको इक्रा नेपालले जनाएको छ । यो कुनै खास ऋणपत्र विशेषको राय भने नभएको इक्राको भनाई छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।










प्रतिक्रिया