लमजुङ विद्युत् विकास कम्पनी लिमिटेडले चैत २४ गते वार्षिक साधारण सभा बोलाएको छ ।
कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै कम्पनीले आफ्नै कार्यालय, त्रिपुरेश्वर, काठमाडौंमा बिहान ११ बजे भर्चुअल माध्यमबाट सभा आह्वान गरेको हो ।
पब्लिक कम्पनीमा नआएको यस सभाको प्रस्तावमा लाभांश प्रस्ताव पारित गर्ने उल्लेख गरेपनि कति लाभांश भने खुलाएको छैन । यसैगरी पाँच जना सञ्चालकको निर्वाचन गर्ने, कम्पनीको प्रवन्धपत्र र नियमावलीमा संशोधन गर्ने एजेण्डा पनि सभामा रहेको छ ।
कम्पनीले साधारण सभाका लागि चैत १६ गतेदेखि बुकक्लोज गर्ने मिति तोकेको छ । यसअनुसार चैत १५ गतेसम्म कायम शेयरधनीहरु सभामा भाग लिन पाउनेछन् ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।










प्रतिक्रिया