पुनर्बीमा कम्पनीको सम्भाव्यता अध्ययन टोलीले बुझायो प्रतिवेदन, कति वटाले पाउलान् लाइसेन्स ?

0
Shares

बीमा समितिद्धारा नेपालमा नयाँ पुनर्बीमा कम्पनीको सम्भाव्यता अध्ययन गर्न गठीत टोलीले अध्ययन प्रतिवेदन बुझाएको छ । समितिका सल्लाहाकार भोजराज शर्माको संयोजकत्वमा गठित अध्ययन टोलीले (आज) चैत्र ४ गते समितिका अध्यक्ष सामु अध्ययन प्रतिवेदन बुझाएको हो ।

अध्ययन टोलीका संयोजक भोजराज शर्माले अध्ययनको फाइनल प्रतिवेदन (आज) चैत्र ४ गते समितिमा बुझाएको जानकारी दिए । समितिले बुझाएको प्रतिवेदन अध्यक्षले हेरेर, बोर्डमा राखेपछि औपचारिक निर्णय बाहिर आउने उनले जानकारी दिए ।

समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले अध्ययन टोलीले आफु समक्ष प्रतिवेदन बुझाएको नोटबजारलाई जानकारी दिए । उक्त अध्ययन टोलीले बुझाएको प्रतिवेदनका आधारमा मात्र पनि ठोस् निर्णय लिन नसकिने बताए । “अध्ययन टोली मार्केट कस्तो छ भन्ने बुझ्नका लागि हो, अध्ययन टोलीको निष्कर्षलाई लिएर मात्रै तत्कालै एक्सनमा जाने कुरा त हुँदैन ।” उनले भने ।

“अध्ययन टोलीले बुझाएको प्रतिवेदनबाट बजारको बारेमा जानकारी हुन्छ, अध्ययन टोलीको प्रतिवेदनलाई लिएर अहिले कुनै ठोस निर्णय भएको छैन् ।” उनले भने । प्रतिवेदनमा के छ भन्ने कुरा फुकाउनै बाँकी रहेको भन्दै उनले भने “हामी कहाँ अध्ययन टोलीले अध्ययन गरि तयार पारेको प्रतिवेदन आयो, अब त्यसलाई खोल्नु पर्यो, सञ्चालक समितिले बुझ्नु पर्यो अनि निष्कर्ष आउँछ ।”

बीमा समितिद्धारा गठीत नयाँ पुनर्बीमा कम्पनीको सम्भाव्यता अध्ययन टोलीले फागुन १९ गते बुधबारदेखी अध्ययन कार्य शुरु गरेको थियो । अध्ययन टोलीमा समितिका सल्लाहारकार भोजराज शर्मासहित बीमक संघका अध्यक्ष दिप प्रकाश पाण्डे, चार्टर्ड एकाउटेण्ट सुजन आचार्य रहेका थिए । समितिले उक्त अध्ययन टोलीलाई अध्ययन कार्यको लागि १५ दिनको समय दिएको थियो । समितिले दिएको समयमा नै अध्ययन टोलीले अध्ययनको प्रतिवेदन बुझाएको हो ।

नेपाली बीमा बजारमा पुनर्बीमा व्यवसायको लाइसेन्सको लागि चारवटा कम्पनीहरु लागि परेका छन् । प्रस्तावित काठमाण्डौं, अन्नपूर्ण, पु्रडेन्सियल र जेन्यून रि नामक कम्पनीहरुले आवश्यक तयारी गर्दै स्थापनाका लागि परेका हुन् । प्रस्तावित कम्पनीहरुले स्थापनाको लागि अन्तिम तयारीमा पुगेको जानकारी समेत दिएका छन् ।

पुनर्बीमा बजारको अध्ययन पछि मात्रै नयाँ कम्पनीलाई लाइसेन्स

चर्चामा रहेका मध्ये कति वटा कम्पनीले पाउलान् पुनर्बीमाको लाइसेन्स ?

नयाँ पुनर्बीमा कम्पनी ‘जेन्यून रि’ स्थापनाको अन्तिम चरणमा

थप तीन पुनर्बीमा कम्पनी आउने तयारीमा, बीमा समिति अध्ययनमा जुट्यो

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।