साताको दोस्रो कारोबार दिन सोमबार प्रि-ओपनिङमा शेयर कारोबार रकम २ करोड नाघेको छ । शेयर बजारमा सूचीकृत कम्पनीको मूल्य घट्न थालेपछि लाखमा सीमित हुँदै आइरहेको कारोबार २ करोड माथि पुगेको हो ।
यसअघि नेप्से २ हजार ६०० रहेको बुलस मार्केटको प्रि-ओपनिङमा मात्रै करोड माथि कारोबार हुने गरेको थियो ।
सोमबारको शेयर बजार सूचक मापक नेप्से २३.९० अंकले बढेको छ । कारोबारमा आएका ५९ कम्पनीमध्ये ४२ कम्पनीको शेयरमूल्य बढेपछि नेप्सेमा उच्च बढोत्तरी आएको हो । बजार सूचक नेप्से बढेसँगै सूचक २५६२.३७ अंकमा पुगेको छ ।
कारोबारमा आएका ५९ कम्पनीमध्ये ४२ कम्पनीको शेयर मूल्य बढेको छ भने ६ कम्पनीको घटेको छ । यसैगरी ११ कम्पनीको मूल्य भने स्थीर रहेको छ ।
आज ५९ कम्पनीका २३ हजार ५५९ कित्ता शेयरहरु २ करोड ८ लाख ३४ हजार २८२ रुपैयाँमा किनबेच भएका छन् ।


? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया