आइतबार बिक्री गरेको शेयरको विद्युतीय हस्तान्तरण ( इडीआईएस) मार्फत गरिने राफसाफ मंगलबार १० बजेभित्र गरे हुने भएको छ ।
सिडिएससीका अनुसार चैत ८ गते आइतबार बिक्री भएका शेयरहरुको इडीआईएस हस्तान्तरणमा समस्या भएकाले इडीआईएस हस्तान्तरण गर्ने समय मंगलबार बिहान १० बजेसम्म थपिएको हो ।
हाल सार्वजनिक निष्काशन भैरहेको सिंगटी हाइड्रो इनर्जीको आइपीको आवेदनका कारण परेको चापका कारण मेरो शेयरमा समय समयमा सस्या देखिई इडीआईएस गर्न समस्या आएकाले समय थप गरिएको सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले जनाएको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।










प्रतिक्रिया