प्रि-ओपनिङ कारोबारः २३ कम्पनीको मूल्य बढ्यो, नेप्सेमा दोहोरो अंकको वृद्धि

0
Shares

साताको तेस्रो कारोबार दिन मंगलबार प्रि(ओपनिङमा कारोबारमा आएका ३७ कम्पनीमध्ये २३ कम्पनीको शेयर मूल्य बढेको छ भने ८ कम्पनीको घटेको छ । यसैगरी ६ कम्पनीको मूल्य भने स्थीर रहेको छ ।

मंगलबारको शेयर बजार सूचक मापक नेप्से १०.०४ अंकले बढेको छ । कारोबारमा आएका ३७ कम्पनीमध्ये २३ कम्पनीको शेयरमूल्य बढेपछि नेप्सेमा दोहोरो अंकको बढोत्तरी भएको हो । बजार सूचक नेप्से बढेसँगै सूचक २५२४.४३ अंकमा पुगेको छ ।

आज ३७ कम्पनीका ६ हजार ३३८ कित्ता शेयरहरु ५६ लाख ३० हजार ५० रुपैयाँमा किनबेच भएका छन् ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १० चैत्र २०७७, मंगलबार  १० : ४८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।