किसान लघुवित्त वित्तीय संस्था (KSBSL) को शेयर कारोबार रोक्का गर्दै नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले स्पष्टिकरण सोधेको छ । नेप्सेले किसान लघुवित्तलाई ३ दिनभित्र स्पष्टीकरण पेश गर्न मंगलबार निर्देशन दिएको हो ।
लघुवित्त कम्पनीले धितोपत्र मूल्यमा प्रभाव पार्ने सूचना समयमै पेश नगरेको तथा आगामी साधारण सभामा १ः१ अनुपातमा हकप्रद जारी गर्ने प्रस्ताव राखेर साधारण सभा आह्वान गरी पुनः हकप्रद जारी गर्ने प्रस्ताव हटाएको भन्दै स्पष्टिकरण सोधेको हो ।
नेप्सेको बरिष्ठ अधिकृत (सूचीकरण शाखा) कुलचन्द्र रिजालद्धारा जारी पत्रमा भनिएका छः ‘पत्र प्राप्त भएको मितिले तीन कार्यदिनभित्र के कति काराणले हकप्रद जारी गर्ने भन्ने प्रसताव राखि पुनः हटाई संसेधन गरेको हो ? साथै हकप्रद जारी गर्ने भन्ने सञ्चालक समितिको प्रस्ताव किन समयमा नै जानकारी दिन नसकेको हो ? सो सम्बन्धमा स्पष्टिकरण पेश गर्न निर्णयअनुसार अनुरोध छ । ’

कम्पनीको चैत ६ गते सम्पन्न सञ्चालक समितिको बैठकले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव गरेको र पुनः संशोधन गर्दै उक्त हकप्रद शेयर जारी गर्ने प्रस्ताव हटाएको थियो ।
नेप्सेमा धितोपत्रको मूल्यमा प्रभाव पार्ने सूचना तथा जानकारी सृजना भएमा सोही दिन वा भोलिपल्ट कारोबार खुल्नुअघि नेप्सेमा पेश गर्नुपर्नेछ भन्ने व्यवस्था रहेको छ । तर कम्पनीले धितोपत्रको मूल्यमा प्रभाव पार्ने सूचना नियम विपरित पठाएकाले शेयर कारोबार रोक्का राख्दै तीन दिनभित्र स्पष्टिकरण पेश गर्न नेप्सेले निर्देशन दिएको हो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया