सूर्योदय लघुवित्त पनि एफपीओमा जानेः एजिएमबाट प्रस्ताव पारित गर्दै

0
Shares

नेपाल राष्ट्र बैंकले लघुवित्त कम्पनीहरुलाई हकप्रदको स्वीकृति नदिई मर्जरमा प्रोत्साहित गर्दा लघुवित्तको शेयर संरचना नमिल्दा पछिल्लो समय आधा दर्जन बढी लघुवित्त कम्पनीले शेयर संरचना मिलाउन एफपीओमा जाने अवस्था सिर्जना भएको छ ।

२०७६ फागुन १० गते त्रिलोक लघुवित्तसँग मर्जर गरि एकीकृत कारोबार थालेको सूर्योदय लघुवित्तले पनि सर्वसाधारण तर्फको शेयर हिस्सा ३० प्रतिशत कायम गर्न थप सार्वजनिक निष्काशन (एफपीओ) को बाटो राजेको हो ।

सूर्योदयले चैत ३१ गते आह्वान गरेको आठौं वार्षिक साधारण सभामा गत आवको नाफाबाट प्रस्तावित १५.३५ प्रतिशत बोनस वितरणपछि सर्वसाधारणको हिस्सा २१.७५ प्रतिशत हुन आउने भएकाले ३० प्रतिशत कायम गर्न अपुग रकम पुनः सर्वसाधारणमा थप सार्वजनिक निष्काशन (एफपीओ) जारी गर्ने विशेष प्रस्ताव गरेको हो ।

यस्तै साधारण सभाले चुक्ता पूँजीको १५.३५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.८१५ नगद लाभांश वितरण गर्नेछ । हाल सूर्योदयको २१ करोड ५० लाख ४२ हजार ९२५ रुपैयाँ चुक्ता पूँजी रहेको छ । बोनसपछि लघुवित्तको चुक्ता पूँजी २४ करोड ८० लाख ४२ हजार ९२५ रुपैयाँ पुग्नेछ ।

सूर्योदयले अन्य कुनै लघुवित्तसँग मर्जर वा एक्विजिसनमा जानु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने भएको छ ।
सभामार्फत संस्थापक समूहबाट ४ जना र सर्वसाधारण समूहबाट २ जना सञ्चालकको निर्वाचन हुनेछ ।

लघुवित्तले चैत ३१ ग्ते सयपत्री पार्टी प्यालेस गुडिखोला, पुतलीबजार नगरपालिका स्याङ्जामा बिहान ८ बजे सभा बोलाएको छ । लाभांश वितरण र साधारण सभा प्रयोजनका लागि चैत १९ गतेदेखि ३१ गतेसम्म बुकक्लोज गर्ने मिति तोकेको छ । यसअनुसार चैत १८ गते बुधबारसम्म नेप्सेमा शेयर कारोबार भई कायम रहने शेयरधनीले मात्र लाभांश पाउन र साधारण सभामामा प्रतिनिधित्व जनाउन सक्नेछ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १० चैत्र २०७७, मंगलबार  १३ : ४० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।