सारथी नेपाल लघुवित्त पनि एफपीओमा, वैशाख ३ गते एजिएम आह्वान

0
Shares

सारथी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपिओ निष्काशन गर्ने प्रस्ताव सहित वैशाख ३ गते शुक्रबार, बार्हौँ वार्षिक साधारण सभा आह्वान गरेको छ ।

लघुवित्तको चैत्र ९ गते सोमबार सम्पन्न सञ्चालक समितिको बैठकले होटेल अरनिको धुलिखेलमा बिहान ११ बजे सभा बोलाएको हो ।

सभाले सञ्चालक समितिले आर्थिक वर्ष २०७६।७७ को नाफाबाट प्रस्तावित चुक्ता पूँजी २३ करोड ५३ लाख ८६ हजार १५० रुपैयाँको ८.१३ प्रतिशत बोनस शेयर (१ करोड ९१ लाख ५२ हजार रुपैयाँ) र बोनसको कर प्रयोजनको लागि ०.४२ नगद वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ ।

यस्तै शेयर संरचना मिलाउन सर्वसाधारणका लागि छुट्टाएको साधारण शेयर सम्बन्धीत निकायबाट स्वीकृति लिई थप सर्वाजनिक निष्काशन (एफपीओ) गर्ने, सोही अनुसार प्रबन्धपत्र तथा नियमावलीम संसोधन गर्ने र सो स्म्बन्धमा गर्नुपर्ने कार्यका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान ष्गर्ने एजेण्डा रहेको छ ।

सभाले संस्थापक समुहका ४ जना तथा सर्वसाधारण समुहका २ जना गरि ६ जना सञ्चालकको निर्वाचन पनि गर्नेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि चैत्र १९ गतेदेखि वैशाख ३ गतेसम्म शेयर दाखिला खारेजी (बुकक्लोज) गर्ने निर्णय गरेको छ । यसअनुसार चैत्र १८ गते बुधबारसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न र सभामा सहभागिता जनाउन सक्नेछन् ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ११ चैत्र २०७७, बुधबार  ०९ : १४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।