सिद्धार्थ इन्स्योरेन्सको लाभांश घोषणा, १२ करोड बोनस बाँड्ने-नगद कति ?

0
Shares

सिद्धार्थ इन्स्योरेन्स (SIL) ले लाभांश घोषणा गरेको छ । कम्पनीको चैत ११ गते साढे बजे. सम्पन्न सञ्चालक समितिको १७१ औं बैठकले लगानीकर्तालाई आर्थिक वर्ष २०७६।७७ को नाफाबाट १५.७८९४ प्रतिशतले लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैठकले चुक्ता पूँजी १ अर्ब रुपैयाँको १२ प्रतिशतले हुन आउने १२ करोड रुपैयाँ बोनस शेयर तथा ३.७८९४ प्रतिशतले हुन आउने ३ करोड ७८ लाख ९४ हजार ७३६ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीको उक्त प्रस्ताव बीमा समितिले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ ।

हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब रुपैयाँ रहेको छ । १२ प्रतिशतले हुन आउने १२ करोड रुपैयाँ बोनस शेयर वितरणपछि कम्पनीको पूँजी १ अर्ब १२ करोड पुग्नेछ ।

आव २०७८५/७६ बाट कुनैपनि लाभांश वितरण नगरेको कम्पनीले आर्थिक वर्ष २०७४/७५ बाट भने शेयरधनीलाई १५.४८ प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: १२ चैत्र २०७७, बिहिबार  १० : ३० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।