साताको अन्तिम कारोबार दिन बिहीबार प्रि ओपनिङमा कारोबारमा आएका ४६ कम्पनीमध्ये ३२ कम्पनीको शेयर मूल्य बढेको छ भने १० कम्पनीको घटेको छ । यसैगरी ८ कम्पनीको मूल्य भने स्थीर रहेको छ ।
बिहीबारको शेयर बजार सूचक मापक नेप्से १४.५४ अंकले बढेको छ । कारोबारमा आएका ४६ कम्पनीमध्ये ३२ कम्पनीको शेयरमूल्य बढेपछि नेप्सेमा दोहोरो अंकको बढोत्तरी भएको हो । बजार सूचक नेप्से बढेसँगै सूचक २५८४.७९ अंकमा पुगेको छ ।
आज ४६ कम्पनीका ८ हजार ८८४ कित्ता शेयरहरु ७१ लाख १ हजार ४२० रुपैयाँमा किनबेच भएका छन् ।


? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया