तीन कम्पनीको शेयरमूल्यमा सर्किट

0
Shares

साताको अन्तिम कारोबार दिन बिहीवार कारोबारको १ घण्टा अवधिमा तीन कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
बिहीबार चन्द्रागिरी हिल्स, बोर्टलर्स नेपाल तराई, र सपोर्ट माइक्रोफाइनान्सको शेयमूल्यमा सकारात्मक सर्किट लागेको हो ।

सिद्धार्थ इन्स्योरेन्स कम्पनीले कम्पनीको बिहीबारै १५.४८ प्रतिशत लाभांश (१२ प्रतिशत बोनस शेयर र ३ दशमलव ७८ प्रतिशत नगद लाभांश ) वितरण गर्ने घोषणा गरेसँगै आकर्षक लाभांश प्रस्तावले ८ प्रतिशतले शेयर मूल्यमा वृद्धि भएको छ । कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेर फर्किएको हो ।

यस्तै एक घण्टा अवधिमा नेपाल इन्फ्रास्टक्चर डेभलपमेन्ट बैंक, गोर्खाज फाइनान्स र जनउत्थान सामुदायिक लघुवित्तको पनि मूल्य बढेको छ ।

चन्दा्गिरीको शेयरमूल्य २ हजार नाघेपछि शेयर कारोबारमा आउन थालेको छ । कम्पनीको शेयर एक घण्टा अवधिमा २२ हजार ३९७ कित्ता शेयर ४ करोड ६५ लाख रुपैयाँमा कारोबार भएको छ ।

एक घण्टा अवधिमा नेपाल इन्फ्रास्टक्चर डेभलपमेन्ट बैंकको ४१ करोड ७० लाखको शेयर कारोबार हुँदा सिद्धार्थ इन्स्योरेन्सको पनि दोस्रो ठूलो १४ करोड ६६ लाख रुपैयाँको कारोबार भएको छ ।

समीक्षा अवधिमा रैराङ हाइड्रोपावर ,ओरियन्टल होटल लगायतको मूल्य घटेको छ । एक घण्टा अवधिमा नेप्से २०१ कम्पनीका ३४ लाख ५१ हजार कित्ता शेयर २ अर्ब ४४ लाख रुपैयाँको कारोबार भएको छ । समाचार तयार पर्दासम्म नेप्से ५.२५ अंक बढेर २५७५ बिन्दुमा पुगेको छ भने सेन्सेटिभ इन्डेक्स ०.८९ अंकले घटेर ४५५ बिन्दुमा रहेको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १२ चैत्र २०७७, बिहिबार  १२ : २८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।