बजार पूँजीकरण २९ अर्बले घटेको बजारमा पनि तीन कम्पनीका लगानीकर्ता बने मालामाल

0
Shares

मंगलबार र बुधबार ४६ अंकको बढोत्तरीपछि साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से सूचक पुनः २१.२९ अंकले घटेको छ । सूचक घटेसँगै लगानीकर्ताको सम्पत्ति मापक कुल बजार पूँजीकरण २९ अर्ब ४० करोड रुपैयाँले घटेर ३५ खर्ब २० अर्ब २२ करोड ७५ लाखमा झरेको छ । तर तीन कम्पनीका लगानीकर्ताले भने आजको बजारमा पनि उच्च मुनाफा आर्जन गरेका छन् ।

घटेको बजारमा पनि चन्द्रागिरी हिल्स, सपोर्ट माइक्रोफाइनान्स र वोमी लघुवित्तको शेयरमूल्य बढेर सकारात्मक सर्किट लागेको हो । सबै कम्पनीको मूल्य करिब १० प्रतिशत बढ्यो ।

यसदिन नेपाल बंगलबादेश बैंकको शेयरमा लगानी गरेका लगानीकर्ताले भने गुमाएका छन् । बैकको मूल्य सबैभन्दा धेरे ६.१४ प्रतिशतले घटेको छ । एनआईबिएल प्रगति फण्ड, हिमालयन उर्जा विकास कम्पनी, साञ्जेन र रसुवागढी हाइड्रोपावरको शेयरमूल्य पनि ४ प्रतिशत धेरैले घटेको छ ।

सूचक घटेसँगै कारोबार रकम पनि घटेको छ । बुधबारको तुलनामा १७ करोडले घट्दै साढे ६ करोडमा संकुचित बनेको छ । होटल तथा टुरिजम्, ब्यापार र लगानी समुहको सूचक सकारात्मक भएको बजारमा दश वटा समुहको सूचक ऋणात्मक बन्यो । जलविद्युत, अन्य, बैंकिङ्ग, र लघुवित्तको सूचक १ प्रतिशत घटेको छ ।

आजको बजारमा सबैभन्दा धेरै निफ्राको ४.६५ प्रतिशतले मूल्य बढेर ८९ करोड बढीको शेयर कारोबार भएको छ । अपर तामाकोशी, सिद्धार्थ इनस्योरेन्स, र नेपाल बंगलादेश बैंकको २० करोड बढीको शेयर कारोबार भयो ।

बिहीबार २०८ कम्पनीका १ करोड २५ लाख ४८ हजार १४६ कित्ता शेयरहरु ७४ हजार ६५८ पटकको कारोबारबाट ६ अर्ब ५० करोड ८ लाख रुपैयाँमा खरीद बिक्री भएका छन् । कारोबारमा आएका ४० कम्पनीको मात्र मूल्य बढेको बजारमा १४८ को मूल्य घटेको छ भने २० कम्पनीको स्थीर रह्यो ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १२ चैत्र २०७७, बिहिबार  १६ : ११ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।