नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सोमबार २८ लाख ४६ हजार ३३ दशमलव २६ कित्ता शेयर सूचीकृत भएको छ ।
नेप्सेका अनुसार आरएसडिसि लघुवित्तको ६ लाख ४ हजार ३७० दशमलव ४५ कित्ता, एनएमबि लघुवित्तको ८ लाख ६१ हजार ८ सय ७३ दशमलव २५ कित्ता, पोखरा फाइनान्सको ४ लाख ५८ हजार ६ सय ४० दशमलव ८६ कित्ता बोनस शेयरसूचीकृत भएको हो ।
नेप्सेका अनुसार आरएसडिसीको चुक्ता पूँजीको ९ प्रतिशत, एनएमबि माइक्रोफाइनान्सको १९ प्रतिशत र पोखरा फाइनान्सको ५ प्रतिशत बोनस शेयर धितोपत्र नियमावली बमोजिम दोस्रो बजारमा कारोबार गर्न मिल्नेगरी सूचीकरण भएको हो ।
यसैगरी सहारा विकास बैंकको ९ लाख २१ हजार १ सय ४८ दशमलव ७० कित्ता हकप्रद शेयर पनि सोमबार नै सूचीकृत भएको छ ।
सूचीकृत भएका शेयर लाभांश वितरण प्रयोजनका लागि कम्पनीले बुकक्लोज गरेको मितिसम्म कायम शेयरधनीले मात्र पाउनेछन् ।
आरएसडिसि लघुवित्तले पुस १० गते शुक्रबार, एनएमबि लघुवित्तले पुस १४ गते मंगलबार र पोखरा फाइनान्सले पुस १७ गते शुक्रबार बुकक्लोज गरेका थिए ।
सहारा विकास बैंकले हकप्रदमा अवितरित उक्त संस्थापक शेयर २०७७ साउन ३० देखि भदौ ३० गतेसम्म बोलपत्र आवेदन खुला असोज १ गते बाँडफाँड गरेको थियो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया